- प्रवर्धनात्मक, उपचारात्मक, नियन्त्रणात्मक तथा रोकथामविधिद्वारा निरोगी एवम् स्वास्थ नागरिकको विकासमा सहयोग पुर्याउने ।
- जिल्ला भित्र रहेको स्वास्थ्य संस्थाहरुको सुचना ब्यवस्थापन गर्ने, खोप आपुर्ती ब्यवस्थापन अनुगमन गर्ने सुर्क्षित मातृत्व परिवार योजना तथा गुणस्तर सेवा प्रदानको लागि दक्ष जनशक्ति विकासको लागि सुनिश्चित गर्ने ।
- महामारी जन्यरोग सुचना संकलन, रोकथाम तथा नियन्त्रणमा प्रमुख भुमिका निर्वाह गर्ने ।
- निःशुल्क एवम् आधारभूत स्वास्थ्य सेवा प्रदानको लागि पालिकाहरुमा रहेको संस्थाहरुसँग समन्वय सहकार्य एवम् सहयोगात्मक भुमिका निर्वाह गर्ने ।
- संघिय एवम् प्रदेश सरकारका निति तथा कार्यक्रमहरु स्थानिय सरकारसँग समन्वय गरी संचालन गर्ने ।